• ट्रेण्डिङ्ग :
भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो, निगमले नघटाउने (विज्ञप्तिसहित)

भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो, निगमले नघटाउने (विज्ञप्तिसहित)


  • 6.2K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो, निगमले नघटाउने (विज्ञप्तिसहित)

    काठमाडौं, १६ मंसिर । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूची घटाएर पठाए पनि नेपाल आयल निगमले मूल्य नघटाउने भएको छ ।

    images

    निगमलाई आएको पछिल्लो सूचीमा पेट्रोल प्रतिलिटर ५ रुपियाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपियाँ ६२ पैसा घटेर आएको छ ।

    डिसेम्बर १ (बुधबार) पठाइएको नयाँ मूल्यसूचीमा खाना पकाउने एलपी ग्यास भने प्रतिसिलिन्डर ९२ रुपियाँ २० पैसा बढेको निगमले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेपछि पेट्रोल/डिजेलमा मूल्य सामान्य घटेको निगमले जनाएको छ ।निगमले १५ दिनको नोक्सानी करिब २ अर्ब रुपियाँ रहेकाले तत्काल मूल्य हेरफेर नहुने प्रतिक्रिया दिएको छ ।

    निगमले विज्ञप्ति जारी गर्दै आईओसीले पठाएको नयाँ मूल्य अनुसार पनि निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १०.३५ रुपियाँ, डिजेलमा ७.४४ रुपियाँ घाटा रहेको तर्क गरेको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर ७५८.२५ रुपियाँ नोक्सानी  छ ।

    विक्रीका आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपियाँ र डिजेलमा ५० करोड ७२ लाख रुपियाँ घाटा हुने प्रक्षेपण गरिएको छ । यस्तै, ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपियाँ घाटा हुने निगमको अनुमान छ । तर, मट्टितेल र हवाइ इन्धनमा सामान्य नाफा छ ।

    कच्चा तेलसँगै डलरको मूल्यले नेपालको मूल्यमा असर पर्दछ । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १३६ रुपियाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपियाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपियाँ तोकिएको छ ।

    nigam5-02122021012628-1000x0.jpg

  • सम्बन्धित विषय:

  • # आयल निगम

  • तेस्रो आँखा