• ट्रेण्डिङ्ग :
यूएईविरुद्धकाे खेलमा नेपाल ८ रनमा अलआउट

यूएईविरुद्धकाे खेलमा नेपाल ८ रनमा अलआउट


  • 4.6K
    SHARES
    • जेठ २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    यूएईविरुद्धकाे खेलमा नेपाल ८ रनमा अलआउट

    काठमाडौं, २१ जेठ । मलेसियामा भइरहेको आईसीसी यु-१९ टी-२० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली यूएईविरुद्ध ८ रनमा अलआउट भएको छ ।

    images

    टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८.१ ओभर क्रिजमै टिक्दै जम्मा ८ रनमै अलआउट भयो । नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै व्यक्तिगत उच्च रह्यो । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

    यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चँदै सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।


    तेस्रो आँखा
    लेखकबाट थप