बझाङको ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा बर्षेनि करोडौँ राजश्व चुहावट

बझाङको ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा बर्षेनि करोडौँ राजश्व चुहावट


  • 9.0K
    SHARES
    • जेठ २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    बझाङको ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा बर्षेनि करोडौँ राजश्व चुहावट

    बझाङ्ग, २१ जेट । बझाङको ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा बर्षेनि करोडौँ राजश्व चुहावट हुँदै आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएकोे उक्त नाका हालसम्म संचालनमा आएको छैन ।

    images

    चैनपुरबाट ८५ किलो मिटरको दूरीमा रहेको ताक्लाकोट नाका साइपाल गाउँपालिकासँग जोडिएको छ । साइपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्रबहादुर धामीले बर्षेनी तीन करोडभन्दा धेरैको यार्सागुम्बा लगायत अन्य बहुमूल्य जडीबुटीको कारोबार हुने गरेको भए पनि सरकार पक्षको कुनै पनि निकाय नभएका कारण राजश्व चुहावट भइरहेको बताए । पालिकामा निर्वाचित भएपछि आफूले नाका खोल्न पटकपटक प्रदेश र सङ्घ सरकारसँग माग गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

    यस्तै निगालोबाट बनेका सामानहरु, मह, घिउ, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य वस्तु चौँरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको साइपाल गाउँपालिका वडा नम्बर २ का स्थानीय तिलकबहादुर विकले बताए । उताबाट नुन, कपडा, जुत्तालगायतका वस्तु आयात हुने गरेको छ ।


    शितल स्नेही
    लेखकबाट थप