• ट्रेण्डिङ्ग :
एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित

एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित


  • 6.0K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित

    काठमाडौं,२६ जेठ । एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो ।

    images

    खेलको पहिलो हाफमा नेपाल र जोर्डनले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने जोर्डनले दुई गोल ग¥यो । पहिलो हाफको ४३औँ मिनेटमा नेपालका गोलकिपर दीप कार्कीले जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाउन सफल भएका थिए । उनले जोर्डनसँगको खेलमा डेब्यु गरेका हुन । गौतम श्रेष्ठले जोर्डनका मोहमद फैजललाई पेनाल्टी बक्सभित्र लडाएपछि पेनाल्टी पाएको हो । 

    दोस्रो हाफमा जोर्डनका लागि अली ओल्वान र हाम्जा अल दारदौरले एक एक गोल गरे । ओल्वानले खेलको ६९औँ मिनेटमा तथा दारदौरले खेलको ८२औँ मिनेटमा गोल गरेका थिए । नेपाल भने गोल गर्नबाट चुक्यो । नेपाल अङ्क तालिकाको पुछारमा रहेको छ । नेपालले अर्को खेल शनिबार कुवेतसँग खेल्नेछ । 


    तेस्रो आँखा
    लेखकबाट थप