मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएकाे झलनाथ खनाल दाबी

मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएकाे झलनाथ खनाल दाबी


  • 7.0K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएकाे झलनाथ खनाल दाबी

    काठमाडौं, २७ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन् । 

    images

    शुक्रबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग छोटो कुराकानी गर्दै खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन गर्नुको विकल्प नभएको बताए । उनले आफ्नो पार्टीको निर्णय कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका गरे । 

    उनले भने, ‘मैले धेरै पटक यसको जवाफ दिइसके । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन ।’

    नेता खनालले कमसेकम मुलुकको अग्रगमन हुने गरी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले बजेट बाँडफाँडका विषयमा कतिपय कुराहरु नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गरे ।

  • सम्बन्धित विषय:

  • # नेकपा एकीकृत समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप