राज्यसभा निर्वाचन: राजस्थानका सबै सिटमा कांग्रेसको जित 

राज्यसभा निर्वाचन: राजस्थानका सबै सिटमा कांग्रेसको जित 


  • 8.4K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    राज्यसभा निर्वाचन: राजस्थानका सबै सिटमा कांग्रेसको जित 

    एजेन्सी, २८ जेठ । भारतमा शुक्रबार राज्य सभा निर्वाचन भएका राज्य मध्ये राजस्थानमा कांग्रेसले एक्लै जित हासिल गरेको छ ।

    images

    कुल १६ सिटका लागि कडा प्रतिष्पर्धाका बीचमा भएको निर्वाचनबाट आठ सिटमा भने भारतीय जनता पार्टी (भाजपा) नै विजयी भएको छ । भाजपाले हरियाणा, महाराष्ट्र र कर्नाटकमा जित हासिल गरेको हो ।

    स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको थियो । यसअघि भारतको उत्तर प्रदेश, तमिल नाडु, आन्ध्र प्रदेश, विहार, उडिसा, मध्य प्रदेश, पञ्जाब, छत्तिसगढ, उत्तराखण्ड, झारखण्ड र तेलङ्गनाबाट भने हालै ५७ जना निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # भारत

  • तेस्रो आँखा
    लेखकबाट थप