• ट्रेण्डिङ्ग :
दक्षजनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर उपकरण प्रयोगविहीन

दक्षजनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर उपकरण प्रयोगविहीन


  • 7.6K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    दक्षजनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर  उपकरण प्रयोगविहीन

    लालबन्दी,३० जेठ । गर्मी बढेसँगै  तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या  बढ्न थालेको छ  । गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन् ।गर्मी बढेसँगै  सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको छ ।

    images

    केन्द्रमा वार्षिक करिब ८०० बिरामी आउने र तीमध्ये पाँच प्रतिशतलाई आइसियु र भेन्टिलेटर आवश्यक पर्ने भए पनि सरोकारवाला निकायको बेवास्थाका कारण ती उपकरण प्रयोगविहीन भएको उक्त केन्द्रका डा हंशनारायण झाले बताए  । आफूहरुले आइसियु र भेन्टिलेटर प्रयोग गर्न सक्ने भए पनि व्यस्तताका कारण आइसियु र भेन्टिलेटर चलाउन नपाएको र त्यसका लागि छुट्टै जनशक्ति राख्न समितिसँग आर्थिक अभाव  रहेको उनले बताए । 

    जेठ महिनामा मात्रै ४० सर्पदंशका बिरामी उपचारका लागि आइसकेका केन्द्रले जनाएको छ । गएको वैशाख महिनामा ६४ जना बिरामीको उपचार गरिएको थियो । केन्द्रमा बिरामीको चाप बढे पनि सञ्चालन गर्ने व्यक्तिको अभावमा ती उपकरण लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको उक्त केन्द्रका व्यवस्थापन समिति अध्यक्ष उद्वव पौडेलले जानकारी दिए । 

    स्थानीय निकायले राम्रो सहयोग गरिरहे पनि दक्षजनशक्ति अभाव रहेकाले ती उपकरण सञ्चालनमा ल्याउन नसक्दा राख्नु र नराख्नुको कुनै अर्थ नरहेको सर्पदंशका बिरामी मानबहादुर मोक्तानले बताए । उपकरण सञ्चालनमा नल्याउँदा बिरामीलाई अन्यत्रै लैजना परेको र समयमै पु¥याउन नसक्दा धेरैले  अकालमै ज्यान गुमाउनु परेको उनको भनाइ छ ।

    मधेश प्रदेश सरकारको सहयोगमा केन्द्रमा आइसियु र भेन्टिलेटरको व्यवस्था गर्नाका साथै दुईजना एमबिबिएस चिकित्सक  भएर पनि ती उपकरण सञ्चालन गर्ने व्यक्तिको अभावमा अहिले प्रयोगविहीन अवस्थामा रहेको लालबन्दी नगरपालिका– १ का वडाध्यक्ष हरिबहादुर भट्टराईले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप