माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण जोडियो

माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण जोडियो


  • 7.8K
    SHARES
    • मंसिर १८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण जोडियो
     
    लमजुङ, १८ मंसिर । दोर्दीखोलामा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
     
    आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवर्द्धक छ्याङ्दी हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको हाे । 

    कम्पनीका अनुसार आयोजनाले दुई सातासम्म परीक्षण उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई नि:शुल्क विद्युत दिनेछ । परीक्षण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिनेछ ।

    images

    आयोजनाले चैत २०७७ मै उत्पादन सुरु गर्ने भने पनि कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण प्रभावित हुँदा सात महिना ढिलो गरी विद्युत प्रसारण प्रणालीमा जोडिएको हो ।

    विद्युत  प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाबाट भदाै‌ २०७८ देखि  विद्युत उत्पादन गर्नु पर्ने थियाे ।

  • सम्बन्धित विषय:

  • # माथिल्लो छ्याङ्दी
  • # राष्ट्रिय प्रसारण

  • तेस्रो आँखा