• ट्रेण्डिङ्ग :
काष्ठमण्डप पुननिर्माण अन्तिम चरणमा

काष्ठमण्डप पुननिर्माण अन्तिम चरणमा


  • 8.1K
    SHARES
    • मंसिर १८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    काष्ठमण्डप पुननिर्माण अन्तिम चरणमा

    काठमाडौं, १८ मंसिर । काठमाडौँ, १८ मंसिर । काष्ठमण्डप पुननिर्माणका लागि कार्तिक मसान्नसम्ममा ११ करोड ४२ लाख ६८ हजार ९३६ रुपैयाँ ५३ पैसा खर्च भएको छ । यसका लागि काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको छ ।

    images

    बैङ्क व्याजसहित उपभोक्ता समितिलाई प्राप्त ११ करोड ७५ लाख ७३ हजार ५४७ रुपैयाँ ५१ पैसा आयबाट यो रकम खर्च भएको हो । पुननिर्माण कार्य अन्तिम चरणमा पुगेपछि हिजो (मंसिर १७ गते) पुननिर्माण समितिले कार्य प्रगति र आर्थिक विवरण जानकारी दिन आयोजना गरेको सार्वजनिक सुनुवाई तथा पत्रकार सम्मेलनमा यस सम्बन्धी जानकारी दिइएको हो । 

    २०७५ साल वैशाख १८ गते जनप्रतिनिधि तथा स्थानीयको भेलाको निर्णयबाट प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएपछि प्रक्रिया अगाडि बढेको  हो । ०७५ को वैशाखबाट थालिएको कामका लागि पहिलो किस्तामा किस्तामा ०७५ जेठ २९ गते ५० लाख रुपैयाँ, त्यसपछि ०७५ असोज २७ गते ५ करोड रुपैयाँ, ०७६ माघ ९ गते ५ करोड रुपैयाँ र ०७८ असार १६ गते १ करोड रुपैयाँ प्रदान गरेको हो । 

    काष्ठमण्डप पुननिर्माणका लागि आवश्यक पर्ने सबै रकम काठमाडौँ महानगरपालिकाले व्यहोर्ने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रतिबद्धता व्यक्त गर्नुभएपछि पुननिर्माणको काम उपभोक्ता समितिबाट थालिएको थियो । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि नगर कार्यपालिकाको २०७५ जेष्ठ २४ गते बसेको बैठकले उपभोक्ता समितिमार्पmत काम अघि बढाउने निर्णय गरेको थियो । यसका लागि जनस्तर वा अन्य कुनै पनि निकायबाट रकम लिइएृको छैन । जनताको अपनत्व गराउन जनसहभागिता रहने गरी र मौलिक बिधिको अनुसरण गरेर पुननिर्माणको काम भइरहेको छ । 

    पुननिर्माण समितिका सचिव गौतम डंगोलकाअनुसार ०७८ कार्तिक मसान्तसम्ममा पुननिर्माणका लागि ल्याइएका ७६ हजार ११ वटा माः अप्पा (ठूलो) मध्ये ७५ हजार ७६१ वटा प्रयोग भइसकेको छन् । यसैगरी ८६ हजार ८ सय वटा माः अप्पा (सानो,) मध्ये ८३ हजार ८ सय र २२४ वटा फः अप्पामध्ये १७९ अप्पाको प्रयोग भइसकेको छ । 

    १७ हजार २६० तेलिया इटामध्ये १४ हजार २६० इटाको प्रयोग भइसकेको छ । यसैगरी ९१ ह्जार २५० वटा झिँगटीमध्ये ७४ हजार ४५० झिँगटीको प्रयोग भइसकेको छ । २० वटा कुँपामध्ये १२ वटा प्रयोगमा आइसकेका छन् । यसैगरी ९ हजार २२४.१३ क्युविक फिट काठ प्राप्त भएको छ । जसमध्ये ८ हजार ३४४.६५ क्युविक फिट काठ प्रयोग भइसकेको छ । पुरानामध्ये ४९३.८ क्युविक फिट काठ प्रयोगमा ल्याइएको छ । 

    काष्ठमण्डप पुनर्निर्माण समिति गठन भएपछि पहिलो चरणमा कार्यालय स्थापना गर्ने, विज्ञ टोली र कार्यटोलीको गठन गर्ने, सिकर्मीहरुका लागि कार्यशाला गर्ने काम थालिएको थियो । दोस्रो चरणमा पुननिर्माणका लागि योजना निर्माण, नक्साको तयारी, काठ र इँटाजस्ता निर्माण सामग्रीको आपूर्तिका लागि प्रयास, साइटको सरसफाइ गरिएको थियो । भूकम्प र भूकम्प लगत्तैको खोज तथा उद्धारका लागि प्रयोग गरिएको एस्काभेटरको भार तथा प्रयोगका कारण थप क्षति भएको जगमा रहेको गारोहरुको मर्मत र पुननिर्माण तेस्रो चरणमा भएको थियो ।  

  • सम्बन्धित विषय:

  • # नेपाल अर्थ

  • तेस्रो आँखा