१९औं फिना विश्व च्याम्पियनसिपः नासिर र डुवानाको कीर्तिमान

१९औं फिना विश्व च्याम्पियनसिपः नासिर र डुवानाको कीर्तिमान


  • 7.4K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    १९औं फिना विश्व च्याम्पियनसिपः नासिर र डुवानाको कीर्तिमान

    काठमाडौं,५ असार । हंगेरीको बुडापेस्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेका नासिर हुसेन र डुवाना लामाले राष्ट्रिय कीर्तिमान बनाएका छन् । नासिरले पुरुष २०० मिटर फ्रिस्टाइलमा र डुवानाले १०० मिटर ब्रेष्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । 

    images

    नासिरले फ्रिस्टाइल निर्धारित दूरी दुई मिनेट ००:९९ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिए । नासिरले यसअघि दुई मिनेट  १:६० सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । यस्तै, डुवानाले निर्धारित दूरी १ मिनेट १७:५८ सेकेण्डमा पूरा गर्दै यसअघिको ब्रेष्टस्ट्रोकको १ मिनेट १७:५८ सेकेण्डको कीर्तिमान भंग गरेको वज्राचार्यले जानकारी दिए । प्रतियोगितामा नेपालको तर्फबाट पुरुषमा नासिर महिलामा डुवाना लामा सहभागी छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप