काठमाडाैं,५ असार । सरकारले भुक्तानी नदिएपछि ठूला अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न थालेका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार सूचिकृत स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न थालेका छन् । यसबाट बिमित नागरिक सेवाबाट वञ्चित हुनेछन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।
स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गरेवापतको रकम अस्पतालले दाबी गरेपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्छ । तर भुक्तानी नपाएपछि धुलिखेल अस्पताल, राप्ती आँखा अस्पताल, राणा अम्बिका आँखा अस्पताल ९भैरहवा०ले बीमा बोर्डलाई पत्र पठाएर सेवा बन्द गर्ने बताएको छ ।
बिरामीको भिडभाड हुने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ९टिचिङ० ले शुक्रबार सुचना जारी गर्दै असार १५ गतेदेखि अनिश्चितकालका लागि बीमा कार्यक्रम स्थगित भएको जानकारी दिएको छ । बोर्डले सम्झौता अनुरुप काम नगरेको र समयमै भुक्तानी नदिएकाले सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालहरूले जानएका छन् ।
