नेपालका बलर चम्किँदा १४ रनमा समेटियो बहराइन

नेपालका बलर चम्किँदा १४ रनमा समेटियो बहराइन


  • 6.6K
    SHARES
    • आषाढ ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    नेपालका बलर चम्किँदा १४ रनमा समेटियो बहराइन

    काठमाडौं,६ असार । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा नेपालले बहराइनलाई जम्मा १४ रनमा रोकेको छ । नेपालका बलर कविता कुँवर र अस्मिना कर्मचार्य चम्किंदा बहराइन सस्तैमा समेटिएको हो । खेल वर्षाका कारण ७–७ ओभरमा घटाइएको छ ।

    images

    मलेसियाको किनरारा ओभलमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । कविता, अस्मिना र सबनम तीन बलरले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटे ।बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । सशिकल प्रकाश २ र प्रज्ना जग्दिशा खाता नखोली शून्यमा अविजित रहिन् ।

    समूह ‘बी’ मा रहेको नेपाल २ खेलबाट ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल आजको खेलमा विजयी भएमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्ने पक्का हुनेछ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाल

  • तेस्रो आँखा
    लेखकबाट थप