• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि उकालो

सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि उकालो


  • 6.6K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि उकालो

    काठमाडौं, १९ मंसिर। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपियाँ कायम भएकोमा आइतबार ७०० रुपियाँले बढेर प्रतितोला ९२ हजार कायम भएको हो ।

    आइतबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपियाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपियाँ र तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपियाँ कायम भएको महसंघले जनाएको छ । 

    आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपियाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपियाँ कायम भएको छ ।

    गत शुक्रबार चाँदी प्रतितोला एक हजार २९० रुपियाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपियाँ कायम भएको महसंघले जनाएको छ ।


    तेस्रो आँखा