तेस्रोआँखा डेस्क
दाङ,मंसिर १९ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वका लागि भैरहेको मतगणनामा संस्थापन ईतर समूहले अग्रता लिईरहेको छ ।
पदाधिकारी तर्फको ३ सय ६५ मत गणना हुँदा सबै पदमा संस्थापन ईतर समुह अगाडी छ । सभापतिमा अमरसिंह पनुले २ सय १६ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी संस्थापन समूहका भरतकुमार शाहले १ सय ४७ मत प्राप्त गरेका छन् ।
यसैगरी, दुई उपसभापतिका लागि संस्थापन इतर समूहका अष्टभुजा पाठक २०४ र संस्थापन इतरकै भुवनकुमार श्रैष्ठले समान २०८ मत लिएर अग्रता कायम राखेका छन् । उपसभापतिमा संस्थापन समूहबाट भिडेका राजु खनालले १५६ र सुधाकर पाण्डेले १२० मत प्राप्त गरेका छन् ।
महामन्त्रीमा संस्थापन इतर समूहका विक्रम पाण्डेले २१७ र संस्थापन समूहकै सुरेन्द्रराज आचार्यले २११ मत प्राप्त गर्दै अग्रता लिएका छन् । संस्थापन समूहका जन्मजय तिम्सिनाले १२७ र खिमानसिंह रायमाझीले १२४ मत प्राप्त गरेका छन् ।
यसैगरी, सहमहामन्त्री खुलातर्फ संस्थापन इतर समूहका खगराज पाण्डेले १९१ र विष्णुप्रसाद खनालले २१७ मत प्राप्त गरेका छन् । संस्थापन समूहका मायाँ पुनले १४२ र लक्ष्मीनारायण शाहले १३१ मत प्राप्त गरेका छन् ।
सहमहामन्त्री महिलातर्फ संस्थापन इतर समूहकै निमा पुनले १९१ मतका साथ अग्रता लिएकी छन् । उनका प्रतिष्पर्धी संस्थापन समुहका सरिता चौधरीले १३२ मत प्राप्त गरेकी छिन् ।
यसरी सबै सदस्य पदमा पनि संस्थापन इतर समूहकै उम्मेदवारको अग्रता छ ।
लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा १ हजार ६३१ मत खसेको थियो ।
