• ट्रेण्डिङ्ग :
वनमा बाटो खनेपछि घोराही सिमेन्ट उद्योगलाइ दुई लाख रुपैयाँ जरिवाना

वनमा बाटो खनेपछि घोराही सिमेन्ट उद्योगलाइ दुई लाख रुपैयाँ जरिवाना


  • 8.4K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    वनमा बाटो खनेपछि घोराही सिमेन्ट उद्योगलाइ दुई लाख रुपैयाँ जरिवाना


    तेस्रोआँखा डेस्क
    दाङ,मंसिर १९ ।  चुनढुंगा निकासीका लागि घोराही सिमेन्ट उद्योगले वनको जंगलमा बिना अनुमती बाटो खनेपछि अदालतले सिमेन्टका सञ्चालक सहि दुईजनालाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । घोराही सिमेन्टले चुनढुंगा निकासी गर्न वन मासेर बाटो निर्माण गरेको थियो । घोराही उपमहाननगरपालिका वडा नम्बर १९ स्थित दुबीचौर भन्ने स्थानमा बिना अनुमती राष्ट्रिय वन भित्र बाटो निर्माण गरेको थियो । राष्ट्रिय वनमा बिना इजाजत बाटो खनेपछि उद्योग बिरुद्ध दाङ जिल्ला अदालतमा मुद्धा परेको थियो । 
    उक्त मुद्धामा केहि दिन अघि उद्योगलाई दोषी ठहर गर्दै जरिवानाको फैसला सुनाएको हो । उक्त मुद्धामा दोषी ठहरिएका सिमेन्ट उद्योगका सञ्चालक पुरुषोत्तमलाल संघाइलाई एक लाख र अर्का एक कर्मचारीलाई एकलाख गरि जिल्ला अदालतले दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको अदालतका शाखा अधिकृत श्रीधर सुबेदीले जानकारी दिएका छन् । 

    images


    उनका अनुसार वन ऐन २०७६ को दफा ४९ को (ग) बिपरितको कसुरमा सोही ऐनको दफा ५० को उपदफा ३ बमोजिम जरिवाना गरिएको हो । यसैगरि उद्योगले खनेको बाटोको माटो , ढुंगा, बालुवा सम्याइ पहिलेकै अवस्थामा रहेको गोरेटो कायम गर्ने समेत फैसला भएको सुबेदीले जानकारी दिए । उद्योग भने पुनरावेदनका लागि उच्च अदालत जाने तयारीमा रहेको छ ।

    उसका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १९ को वडा कार्यालयले बाटो खनिदिन भनेका कारण उद्योगले बाटो निर्माणमा लगानी मात्रै गरेको हो  । ‘बाटो वडा कार्यालयले खनिदिन भनेपछि उद्योगले लगानी सहयोग गरेको मात्रै हो,’ उद्योगका एक प्रतिनिधिले भने ‘तर उद्योग मात्रै दोषी भयो, फलतः पुनरावेदनका लाििग उद्योगका तर्फबाट उच्च अदालतमा रिट हालिने छ ।’
      

     

     


    तेस्रो आँखा