तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्‍याे प्रस्ताव आह्नवान 

तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्‍याे प्रस्ताव आह्नवान 


  • 6.7K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्‍याे प्रस्ताव आह्नवान 
     
    काठमाडाैं, १८ मंसिर । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्व पाँच करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप राख्ने भएको छ ।

    एक वर्ष अवधिको निक्षेपका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव मागेको छ । कुल निक्षेपमध्ये दुई अर्ब ४४ करोड रुपैयाँ वाणिज्य बैंकलाई, ४५ करोड ७५ लाख राष्ट्रियस्तरका विकास बैंकलाई र १५ करोड २५ लाख फाइनान्स कम्पनीलाई छुट्याइएको छ ।

    images

    निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आगामी बुधबारसम्म व्याजदरसहितको प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । 

    निक्षेप लिन बैंक सञ्चालनमा आएको दुई वर्ष पूरा भएको हुनुपर्ने, निष्क्रिय कर्जा कुल सापटीको ५ प्रतिशतभन्दा कम रहेको, नाफामा रहेको, घरजग्गा कर्जा सिमाभित्र रहेको हुनुपर्नेलगायतका सर्तहरू तोकिएको छ । 

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक

  • तेस्रो आँखा