तेस्रोआँखा डेस्क
दाङ,मंसिर १९ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वका लागि भैरहेको मतगणनामा संस्थापन ईतर समुहले अग्रता लिईरहेको छ । पदाधिकारी तर्फको ४७८ मत गणना हुँदा सबै पदमा संस्थापन इतर समुहले अग्रता बढाउँदै लगेको छ । सभापतिमा अमरसिंह पुनले २९५ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी संस्थापन समुहका भरतकुमार शाहले १७८ मत प्राप्त गरेका छन् ।
यसैगरि दुई उपसभापतिका लागि संस्थापन ईतर समुहका अष्टभुजा पाठक २७६ र संस्थापन ईतरकै भुवन कुमार श्रेष्ठले समान २८३ मत लिएर अग्रता कायम राखेका छनन् । उपसभापतिमा संस्थापन समुहबाट भिडेका राजु खनालले १९३ र सुधाकर पाण्डेले १४९ मत प्राप्त गरेका छन् । महामन्त्रीमा संस्थापन ईतर समुहका बिक्रम पाण्डेले २९३ र संस्थापन समुहकै सुरेन्द्रराज आचार्यले २९३ मत प्राप्त गर्दै अग्रता लिएका छन् । संस्थापन समुहका जन्मजय तिम्सिनाले १६० मत प्राप्त गरेका छन् भने खिमानसिंह रायमाझीले १५४ मत प्राप्त गरेका छन् । यसैगरि सहमहामन्त्री खुला तर्फ संस्थापन ईतर समुहका खगराज पाण्डेले २६२ र बिष्णु प्रसाद खनालले २९१ मत प्राप्त गरेका छन् । संस्थापन समुहका मायाँ पुनले १७७ र लक्ष्मी नारायण शाहले १६० मत प्राप्त गरेका छन् । यसैगरि सहमहामन्त्री महिला तर्फ संस्थापन ईतर समुहकै निमा पुनले २७० मतका साथ अग्रता लिएकी छन् । उनका प्रतिष्पर्धी संस्थापन समुहका सरिता चौधरीले १६२ मत प्राप्त गरेकी छिन् । यसैगरि सबै सदस्य पदमा पनि संस्थापन ईतर समुहकै उम्मेदवारको अग्रता छ ।
लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि शनिवार भएको मतदानमा १ हजार ६ सय ३१ मत खसेको थियो ।
