काठमाडौं, १९ मंसिर । नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले प्रभावकारीरूपमा संसद अवरुद्ध गर्न नसके जनताको आवाज उठाउन दिनुपर्ने बताएका छन् ।
दोस्रोपटक अध्यक्ष निर्वाचित केपी शर्मा ओलीले पदबहालीका क्रममा २८ गते आह्वान गरिएको संसद अधिवेशनमा पार्टीबाट निष्काशन गरिएका माधवकुमार नेपाल समूह सांसदकाे हैसियतमा उपस्थित भए अवरुद्ध गर्ने बताएका बेला नेता रावलले प्रभावकारीरूपमा अवरुद्ध गर्न सुझाएका हुन् ।
तर, सरकारले काम गर्ने गरी अवरुद्ध गरेको कुनै औचित्य नहुने उनले उल्लेख गरेका छन् । म कुटे जस्तो गर्छु, तँ रोए जस्तो गर भनेझैं भएको रावलको भनाइ छ ।
'संसद् देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै काम-कारवाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन,' उनले भनेका छन्, 'कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्यो । नभए त्यसबारे जनताका आवाज उठाउन पाउनुपर्यो । अन्यथा, म कुटे जस्तो गर्छु, तँ रोए जस्तो गर भने झैं ठहर्छ ।'
