सामाजिक सञ्जालमा थापाका भावना
नारायण गोपाल स्मृति दिवसमा अरुणा लामालाई सम्झिए !

नारायण गोपाल स्मृति दिवसमा अरुणा लामालाई सम्झिए !


  • 8.1K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    नारायण गोपाल स्मृति दिवसमा अरुणा लामालाई सम्झिए !


    तेस्रो आँखा डेक्स,
    सत्ता र शक्तिमा कति शक्ति हुन्छ भनेर दुनियाँलाई देखाएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का निवर्तमान अध्यक्ष कमल थापाले शक्तिमा नहुँदाको पीडा सामाजिक सञ्जालमा पोख्न थालेका छन् ।

    images

    राप्रपाको एकता महाधिवेशनबाट प्रतिद्वन्द्वी राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएसँगै थापाले समाजिक सञ्जालमा भावुक स्टाटस् पोष्ट गर्न थालेका छन् ।

    अन्तिम मतपरिणाम आउनुभन्दा केही समय अघि नै लिङ्देनलाई जीतको शुभकामना दिएका थापाले पहिलो हारको पीडा राजसंस्था र पूर्वराजा ज्ञानेन्द्र शाहमाथि पोखे ।

    2.JPG
    .
    प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गरेको प्रतिक्रिया दिए पनि थापालाई निर्वाचनको हार सहन धेरै गाह्रो भएको देखिन्छ । उनले पौने ४ बजे अर्काे स्टाटस् लेख्दै भने- अब फाटेको मन केले सिलाउनु । 

    01.JPG
    .
    सधैं विरासतको राजनीतिलाई आत्मसात गर्ने, पद, प्रतिष्ठामा लिप्त हुने उनको प्रवृतिका कारण एकता महाधिवेशनले परिणाम दिलाएको कतिपयको अड्कल रहेको छ ।

    उनले बिहानै ८ बजे निर्वाचन समितिले औपचारिक मतपरिणाम सार्वजनिक नगर्दै लिङ्देनलाई बधाई दिंदै आफूले उन्मुक्ति पाएको प्रतिकृया दिएका थिए । 

    6.JPG

    मतपरिणाम सार्वजनिक भएयता पाँच स्टाटस् लेख्दै हारलाई शक्तिमा परिणत गर्दै गरेको देखिन्छ  । यस्तो लाग्छ उनलाई ठूलै चोट परेको छ । नपरोस् पनि कसरी नेतृत्वमा सधैं हुन चाहने थापाको प्रवृत्तिलाई एकता महाधिवेशनले तोडिदिएको छ । कहिले फेसबुक त कहिले ट्विटरमा आफ्ना भनाइहरु पोख्दै आएका छन् ।
    01.JPG


    राप्रपा पार्टीलाई नजिकबाट नियालेका कतिपय नेताहरुले थापाको एकलौटी निर्णयले उनैलाई घाटा लागेको प्रतिक्रिया दिए । थापाले जसरी पनि सत्ता र शक्तिमा आउने कयौं पटक कसरत गरेको देखिन्छ । कहिले राजा त कहिले दलसँगको सहकार्यमा धेरै पटक सत्तामा पुगे । पद र प्रतिष्ठा त उनले धेरै बटुले तर आफ्नै पार्टीभित्र उनको विकल्प खोजिदैछ भन्ने हेक्कासम्म राख्न सकेनन् । 


    3.JPG
    राजनीतिक दलको महाधिवेशनमा नेतृत्वको प्रत्यासीले जस्ले जित्छ उसलाई नेतृत्व हस्तान्तरण गर्ने परम्परा रहेको छ । तर, निवर्तमान अध्यक्षको हैसियतले लिङ्देनलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने समारोहमा सम्म देखिएनन् । बरु फेसबुक र ट्विटरमा आफ्ना मनका बह पोख्दै बसे ।

    थापा राप्रपाको नेतृत्वबाट पदीय हैसियतबाट बाहिरिए पनि छोरी प्रतिष्ठा थापा, भाइ तथा नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापा र गणेश थापाका कान्छा छोरा अभिषेक थापा केन्द्रीय सदस्यमा विजयी भएका  छन् ।

    4.JPG

    लिङ्देनभन्दा उनको मत जम्मा दुई सयमात्रै फरक छ तर कहाँनिर चुके थापा ? त्यो उनैले जानून । राप्रपाको नेतृत्वमा आएका लिङ्देनलाई ठूलो चुनौति छ । उनी चुनौतिको चाँङमा आफ्नो यात्रालाई सहज बनाउने कोशिसमा रहेका छन् । थापाले पदाधिकारीको अधिकांश पदमा उनकै सहभागिता रहेको छ तर पनि नेतृत्व र शक्ति भनेको के हो ? उनको स्टाटसले देखाएको छ । 

    5.JPG

    यसैबीच, स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३१ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम सम्झना गरिंदैछ । वि सं १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका उहाँको निधन विसं २०४७ मंसिर १९ गते भएको थियो । उहाँको सम्झनामा आज नारायण गोपाल संगीत कोषलगायत अन्य सांगीतिक संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # नारायण गोपाल

  • तेस्रो आँखा