अवरुद्व पृथ्वीराजमार्ग खुल्यो

अवरुद्व पृथ्वीराजमार्ग खुल्यो


  • 7.2K
    SHARES
    • आषाढ १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    अवरुद्व पृथ्वीराजमार्ग खुल्यो

    काठमाडौं, १५ असार । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको छ । माथिबाट पहिरा खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । 

    images

    बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिन पुगेको थियो । मुग्लिन, आँबुखैरेनी हुँदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्व नै रहेको प्रहरीले जनाएको छ । 

    त्यसैगरी सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्व नै रहेको छ । माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनले भने, “अब केही समयभित्र सडक चलाउने गरी काम भइरहेको छ ।”


    तेस्रो आँखा
    लेखकबाट थप