कांग्रेसमा आन्तरिक विवाद चर्कीदै, काेइराला समूह छलफलमा

कांग्रेसमा आन्तरिक विवाद चर्कीदै, काेइराला समूह छलफलमा


  • 6.3K
    SHARES
    • आषाढ १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    कांग्रेसमा आन्तरिक विवाद चर्कीदै, काेइराला समूह छलफलमा

    काठमाडाैं,१५ असार । सत्ताको नेतृत्व गरेको पार्टी  नेपाली काँग्रेसभित्र विवाद उत्पनन भएको छ ।  सभापति शेरबहादुर देउवाले विधान कार्यन्वायन नगरेको र सहमति–सहकार्य विपरीत हिँडेको भन्दै शेखर कोइराला समूह सङ्घर्षमा उत्रिने तयारी गरेको छ । विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयनका विषयमा शेखर समूहले आन्तरिक छलफल गर्न लागेको एक नेताले बताए । बिहीबार शेखर कोइरालाको सचिवालयमा उक्त समूहको बैठक बस्न लागेको हो ।

    images

    पार्टीको केन्द्रीय समिति र बाहिर रहेका प्रभावशाली नेतालाई कोइरालाले छलफलका लागि बोलाएको पाइएको छ । पार्टीको विधि, नेतृत्वका बीचको समझदारी र आफ्नो समूहको अस्तित्व स्वीकार गर्ने लक्षण सभापति देउवाले नदेखाएपछि सोच्नुपर्ने ठाउँमा पुर्‍याएको कोइराला पक्षीय एक पदाधिकारीले बताए । पार्टीको विधि र विधानलाई बेवास्ता गर्ने विगतको समस्या यथावत् देखिएको उनको भनाइ छ । ‘विधि र विधानलाई पालना गर्ने १४ औँ महाधिवेशनको प्रतिबद्धता थियो । अहिले त्यो देखिएन । सभापतिजी यस कुरामा गम्भीर देखिनु भएन,’ ती पदाधिकारीले भने ।

    उनका अनुसार महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सम्पूर्ण काम पूरा भइसक्नुपर्ने विधानको किटानी व्यवस्था छ । तर ६ महिनामा सुरुवात समेत नभएपछि कोइराला समूहले विधान कार्यान्वयन नभएको विषयलाई सशक्त ढंगले उठाउने भएको छ । सभापति शेरबहादुर देउवाले एक्लाैटी ढंगले गुटगत नेताहरूलाइ जिम्मेवारी थाेपर्ने र आफूइतरका नेताहरूलाइ टाढा बनाउदै गएपछि पार्टीभित्रकाे विवाद सतहमा पुग्न लागेकाे नेताहरूकाे भनाइ छ । 

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप