कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बढी बिरुवा उत्पादन

कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बढी बिरुवा उत्पादन


  • 7.6K
    SHARES
    • आषाढ १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बढी बिरुवा उत्पादन

    कपिलवस्तु,१७ असार । कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बढी बिरुवा उत्पादन गरेका छन् । कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न जातका बिरुवा उत्पादन गरि वितरणको तयारी गरेको छ। उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षारोपण गर्नका लागि बिरुवा उत्पादन गरी वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन प्रमुख दधिलाल कँडेलले जानकारी दिए।

    images

    बिहीबार वन अतिक्रमित क्षेत्र तथा नर्सरी क्षेत्रको अनुगमनका क्रममा वातावरण हरियाली र वन क्षेत्र बढाउने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका  र विजयनगर गाउँपालिकामा वृक्षारोपणको लागि सबै साझेदारी तथा डिभिजन वनले बिरुवा उत्पादन गरेको बताए ।


    विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि साझेदारी वनले उपभोक्तालाई मध्यनजर गरी फलफूलका बिरुवा वितरण गर्ने कपिलवस्तु साझेदारी वनका अध्यक्ष गगेश तिवारीले बताए । बिरुवाको लागि निवेदन दिने क्रम सुरु भएकाले अब केही दिनबाट वितरण कार्य सुरु गरिने तिवारीले बताए ।कपिलवस्तु साझेदारी वनले एक लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप