दाङमा मोटरसाइकल र साइकल ठोक्कीदा  दुुई जनाको मृत्यु

दाङमा मोटरसाइकल र साइकल ठोक्कीदा  दुुई जनाको मृत्यु


  • 5.8K
    SHARES
    • आषाढ १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    दाङमा मोटरसाइकल र साइकल ठोक्कीदा  दुुई जनाको मृत्यु

    दाङ, १७ असार । दाङमा मोटरसाइकल र साइकल ठोक्कीदा  दुुई जनाको मृत्यु भएको छ ।सौडियारबाट घोराही तर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले गएराति पउने नौ बजेतिर घोराही ७ बेसाइ नजिक २ वटा साइकललाई ठक्कर दिँदा दुुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुुकुन्द प्रसाद रिजालले जानकारी दिए।

    images

    मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगा बहादुर कुवर र साइकल यात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा मृत्युु भएको हो ।

    दुर्घटनामा अन्य दुई जना पनि घाइते भएका छन् । घाइते हुनेमा मोटरसाई्कलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय बसन्त चौधरी र अर्का साइकल यात्री सोही वडाका सोही ठाउँका १५ वर्षीय बिनोद भण्डारी रहेका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप