कांग्रेस अधिवेशन : कान्छी उम्मेदवार डा. खान लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित

कांग्रेस अधिवेशन : कान्छी उम्मेदवार डा. खान लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित


  • 6.0K
    SHARES
    • मंसिर २०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    कांग्रेस अधिवेशन : कान्छी उम्मेदवार डा. खान लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित

    बुटवल, २० मंसिर । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशनमा कान्छी उम्मेदवार बनेर चर्चामा आएकी २४ वर्षीया डा. अलविरा खानले चुनाव जितेकी छन् ।

    images

    बाबुको प्रेरणाबाट राजनीतिमा लागेकी खानले ८८१ मत प्राप्त गरी जितेकी भएकी हुन् । उनले आफ्ना प्रतिष्पर्धी जन्तुल धुनियालाई २९२ मतले पराजित गरेकी छन् ।

    डा. खान यसअघि कपिलवस्तुको निर्वचन क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधि चुनिएकी थिइन् । रामचन्द्र पौडेल समूहको प्यानलबाट उम्मेदवारी दिएकी उनी प्रदेश समिति सदस्यमा विजयी भएकी हुन् ।

    विजयी भएपछि प्रतिक्रिया दिँदै कपिलवस्तुको कृष्णनगरकी बासिन्दा खानले आफ्नो चिकित्सकीय पेसा र पार्टी राजनीतिलई एकसाथ अगाडि बढाउने बताइन् । मुस्लिम समुदयका महिलामा राजनीतिप्रतिको चेतना जगाउने काममा आफूले भूमिका खेल्ने उनको भनाइ छ ।

    डा. खान १३औं महाधिवेशनमा पनि प्रतिनिधि निर्वाचित भएकी थिइन् । उनले विद्यालय पढ्दादेखि नै नेविसंघमा रही राजनीति सुरू गरेकी थिइन् । डा. खानले एमबिबिएस पूरा गरेकी छन् । 'अझै बिरामीको उपार सुरु गरेकी छैन, अब नेपालमै इन्टर्न गरेर उपार सुरु गर्छु', उनले भनिन् ।

    उनका बुबा अकिल मियाँ यसअघिका कांग्रेसका क्षेत्रीय सभापति हुन् । अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् । राजनीतिमा युवा र महिला सहभागिता वडा तहबाट नै बढ्दै गएको र यसले आशाको सञ्चार समेत जगाएको उनले बताइन् । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस अधिवेशन

  • तेस्रो आँखा