स्थानीय तह निर्वाचनमा भएका अन्तरघातको अध्ययन गर्न एमालेले समिति बनायो

स्थानीय तह निर्वाचनमा भएका अन्तरघातको अध्ययन गर्न एमालेले समिति बनायो


  • 7.1K
    SHARES
    • आषाढ १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    स्थानीय तह निर्वाचनमा भएका अन्तरघातको अध्ययन गर्न एमालेले समिति बनायो

    काठमाडौं, १९ असार । नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टी भित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।

    images

    आज बसेको पार्टी सचिवालय बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बैठकले आन्तरिक समस्याहरूका कारण सोचेबमोजिम नतिजा नआएको निष्कर्ष निकाल्दै अनुशासनहीनता, अराजकता र अन्तरघातका घटनाहरू असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने सचिवालय निर्णय गरेको बताए ।

    जिल्ला कमिटी र प्रदेश कमिटीलाई रिपोर्ट तयार गरेर हेडक्वाटरमा पठाउन भनिएको पनि उनले जानकारी दिए । निर्वाचनका क्रममा भएका अनुशासनहीनता र अराजकताका विषयमा परेका उजुरीहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको गुरुङले जानकारी दिए । यो समितिलाई छानबिनका साथै कारबाहीको पनि अधिकार प्रत्यायोजन गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप