• ट्रेण्डिङ्ग :
पौवादुङ गाउँपालिकालाई जिल्लाकै पहिलो खोप सुनिश्चितता घोषणा

पौवादुङ गाउँपालिकालाई जिल्लाकै पहिलो खोप सुनिश्चितता घोषणा


  • 5.8K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    पौवादुङ गाउँपालिकालाई जिल्लाकै पहिलो खोप सुनिश्चितता घोषणा

    भाेजपुर, २० असार । पौवादुङमा गाउँपालिकालाई जिल्लाकै पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरिएको छ । जिल्लामा नौवटा स्थानीय तह छन् । १६ महिनादेखि २३ महिनासम्मका बच्चाले ११ प्रकारका खोप लिएकाले गाउँपालिकालाई खोप सुनिश्चितता स्थानीय तहघोषणा गरिएको हो । 

    images

    एक सय ४३ को घरमा नै पुगेर बालबालिकाको खोपको अवस्था बुझ्दा खोप लगाएको पाइएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिए  ।

    उनले आफ्नो  गाउँपालिका जिल्लामा नै पहिलो खोप सुनिश्चितता स्थानीय तह बनेकोमा यो निकै ठूलो उपलब्धि भएको  र तोकिएको मापदण्ड पूरा भएकाले घोषणा गरेको जानकारी दिए ।  घोषणा कार्यक्रम गाउँपालिका अध्यक्ष किरण राईले नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पु¥याउन प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए । उनले नीति तथा कार्यक्रममा सुत्केरी तथा गर्भवती, नवजात शिशुलाई बाहिरका अस्पतालमा लैजाँदा निःशुल्क एम्बुलेन्स सेवा  दिने गरेको बताए । गाउँपालिको गर्भवती एवं सुत्केरी  र बच्चाको स्वास्थ्यलाई ध्यान राख्दै ‘रातोभाले’ तथा ‘सुत्केरी पूर्व खुत्रुके’ बचतको कार्यक्रम सञ्चालनमा गरिरहेको छ । सञ्चालनमा ल्याएको यो कार्यक्रम स्थानीय महिलाको साहारा बनेको  अध्यक्ष राईले जानकारी र्दिए । 

    अध्यक्ष राईले भने, “होम डेलीभरी शून्य बनाउन स्वास्थ्य संस्थामा सुत्केरी भएपछि रातोभालेसँगै अन्य पौष्टिक आहारासमेत गाउँपालिका दिन्छ । स्थानीय जनताको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएका छौँ । यो कार्यक्रम अहिले जनतामाझ लोकप्रिय बनेका छन् । यो कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी भएबापत पैसा पनि दिन्छौँ ।”

     

  • सम्बन्धित विषय:

  • # भाेजपुर

  • तेस्रो आँखा
    लेखकबाट थप