बढ्न थाल्यो बैंकहरूमा निक्षेप 

बढ्न थाल्यो बैंकहरूमा निक्षेप 


  • 7.6K
    SHARES
    • मंसिर २०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    बढ्न थाल्यो बैंकहरूमा निक्षेप 

     

    images

    काठमाडौं, २० मंसिर  । केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ । 

    संघका अनुसार बाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता आठ अर्ब र दोस्रो साता ६ अर्व रुपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरुको निक्षेप सात अर्ब रुपैयाँले वृद्धि भएको छ । 

    निक्षेपसँगै बैंकहरूको कर्जा लगानी पनि वृद्धि भएको छ । मंसिर पहिलो सात अर्ब लगानी बढाएका बैंकहरूले दोस्रो र तेस्रो साता १४र१४ अर्व रुपयाँ लगानी विस्तार गरेका छन् । 

    १७ मंसिसम्म बाणिज्य बैंकहरूले ४२ खर्व २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ६९ अर्व कर्जा प्रवाह गरेको संघले जानकारी दिएको छ । पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि नहुँदा बैंकहरूले तरलता अभावको समस्या भोगिरहेका छन् । 

  • सम्बन्धित विषय:

  • # बैंक
  • # नेपाल बैंकर्स संघ

  • तेस्रो आँखा