उत्तर भारतमा बस खोल्सामा खस्दा १२ जनाको मृत्यु

उत्तर भारतमा बस खोल्सामा खस्दा १२ जनाको मृत्यु


  • 7.7K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    उत्तर भारतमा बस खोल्सामा खस्दा १२ जनाको मृत्यु

    नयाँ दिल्ली, २० असार । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा सोमबार बस खोल्सामा खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

    images

    हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सो दुर्घटना भएको हो । उक्त बसमा करिब २० जना सवार रहेको बताइएको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गले बताएका छन् ।

    बस भित्र थप घाइतेहरू फेला पर्न सक्ने आशामा उद्धार कार्य जारी राखिएको पनि बताइएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै दुर्घटना ‘हृदयविदारक’ भएको ट्वीट पनि गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप