भारतबाट आलुसँग बोरामा ल्याएको ८३ लाख रुपैयाँ सशस्त्र प्रहरीद्वारा बरामद

भारतबाट आलुसँग बोरामा ल्याएको ८३ लाख रुपैयाँ सशस्त्र प्रहरीद्वारा बरामद


  • 6.3K
    SHARES
    • आषाढ २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    भारतबाट आलुसँग बोरामा ल्याएको ८३ लाख रुपैयाँ सशस्त्र प्रहरीद्वारा बरामद

    धनुषा, २१ असार । भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए ।

    images

    ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको कटुवालले बताए । बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

  • सम्बन्धित विषय:

  • # धनुषाा

  • तेस्रो आँखा
    लेखकबाट थप