चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष बीचमै अड्किए

चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष बीचमै अड्किए


  • 8.3K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष बीचमै अड्किए

    काठमाडौं, २२ असार । चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेर बीचमै अड्किएका छन् ।

    images

    तिमल्सिना  पारिवारिक घुमघामका लागि चन्द्रागिरि गएका थिए । केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए । विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गर्छ ।

    काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले राष्ट्रियसभा अध्यक्ष तिम्सिना केबलकार चढेको तर कतिबेर केबलकार रोकियो भन्नेबारे सूचना नभएको बताए । उनले भने, ‘बुझ्नलाई प्रहरी वृत्त, नागढुंगाका डीएसपी डिल्ली पाण्डे साबलाई पठाएको छु, उहाँ पुग्नु भएको छैन ।’


    तेस्रो आँखा
    लेखकबाट थप