एमसीसी परियोजनाबारे आम चुनावपछि पार्टीमा बहस गर्ने प्रचण्डको भनाइ 

एमसीसी परियोजनाबारे आम चुनावपछि पार्टीमा बहस गर्ने प्रचण्डको भनाइ 


  • 5.9K
    SHARES
    • आषाढ २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    एमसीसी परियोजनाबारे आम चुनावपछि पार्टीमा बहस गर्ने प्रचण्डको भनाइ 

    काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आम चुनावपछि मात्र पार्टीमा बहस गर्ने बताएका छन् ।

    images

    प्रतिनिधिसभाले १२ बुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी पास गरेको थियो । तर नारायणकाजी श्रेष्ठ समूहका नेताहरुले असन्तुष्टि जनाएका थिए । त्यसबेला स्थानीय चुनावपछि पार्टीमा छलफल गर्ने र फरक मत आए तल्लो तहसम्म लैजाने सहमति भएको थियो । त्यतिबेला २० जेठमा केन्द्रीय समिति बैठकको मिति समेत तोकिएको थियो ।

    तर पटक पटक मिति सर्दै बैठक १९ असारमा सुरु भयो । तर यो बैठकमा एमसीसी एजेण्डामै परेन । बिहीबार यही बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीबारे संघ र प्रदेशको निर्वाचनपछि विशेष बहस गर्ने बताएका छन् । उनले भने, ‘एमसीसीबारे फोरम चलाउने भनेका थियौं । एमसीसीले पार्टी भित्र राष्ट्रघाती र राष्ट्रवादी जस्तै भएको थियो । एसपीपीपछि त्यो प्रष्ट भएको छ ।’

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप