पूर्वमन्त्री एवं एमालेका नेता शेर्पा सवार गाडि दुर्घटना

पूर्वमन्त्री एवं एमालेका नेता शेर्पा सवार गाडि दुर्घटना


  • 8.0K
    SHARES
    • आषाढ २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    पूर्वमन्त्री एवं एमालेका नेता शेर्पा सवार गाडि दुर्घटना

    काठमाडौं, २४ असार । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ ।शुक्रबार जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।

    images

    शेर्पा सवार बा २ च ९००३ कारमा आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । तीनजनाको अवस्था गम्भीर छ । पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट देखिएको छैन ।

    चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको थप उपचार ट्रमा सेन्टरमा हुनेछ । उनीहरु आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा जाँदै गर्दा दुर्घटना भएको हो ।

     

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप