नेपाल प्रहरीका ३२ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ३२ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)


  • 7.2K
    SHARES
    • आषाढ २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    नेपाल प्रहरीका ३२ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

    काठमाडौं, २५ असार । गृहमन्त्रालयले नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ ।

    images

    आज शनिबार बसेको बढुवा समितिको बैठकले रिक्त ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दीमा बढुवा सिफारिस गरेको हो । पहिलो नम्बरमा बढुवा सिफारिसमा गणेश चन्द परेका छन् । उनी २०५१ मा भर्ना भएका प्रहरी अधिकृत हुन् । उनीसँगै भर्ना भएका अर्का दिल्लीराज विष्ट १८ औं नम्बरमा बढुवा सिफारिस भएका छन् । एसपीमा उक्त ब्याचका उनीहरू दुईजनामात्रै बाँकी थिए । उनीहरू दुबैजना आईजीपीको दौडमा रहनेछैनन् ।

    यस्तै दोस्रो नम्बरमा सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन् । उनी २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका ब्याची हुन् । उनको समूहलाई २०५८ मा नेपाल प्रहरीमा ल्याइएको थियो । यस्तै तेस्रो नम्बरमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुर्वेदी र पाँचौं नम्बरमा दानबहादुर कार्की बढुवा सिफारिस भएका छन् ।

    1.jpg2.jpg


    तेस्रो आँखा
    लेखकबाट थप