मुस्लिम समुदायहरूको बकर इद धुमधामका साथ मनाइदै

मुस्लिम समुदायहरूको बकर इद धुमधामका साथ मनाइदै


  • 8.6K
    SHARES
    • आषाढ २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    मुस्लिम समुदायहरूको बकर इद धुमधामका साथ मनाइदै

    काठमाडाैं,२६ असार । आज मुस्लिम समुदायहरूको बकर इद धुमधामका साथ मनाएका छन् । बकर इदको दिन नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल बढेको छ ।

    images

    रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गर्छन् ।

    यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । बकर ईद (ईद उल अजहा) को अवसरमा आज सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप