राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको हो: अध्यक्ष नेपाल

राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको हो: अध्यक्ष नेपाल


  • 7.5K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको हो: अध्यक्ष नेपाल

    काठमाडौं, २७ असार। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको बताएका छन् । 

    images

    समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो पार्टी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर चल्ने होइन भने । अध्यक्ष नेपालले आफ्नो पार्टी सिद्धान्त र विचारप्रति समर्पित पार्टी भएको बताए। 

    “यहीरुपमा हामीले पार्टी निर्माण गर्ने कामलाई अगाडि बढाइरहेका छौँ”, अध्यक्ष नेपालले भने, “ पार्टीलाई यसरी अगाडि बढाउने क्रममा नै हामीले अब आउने निर्वाचनको तयारीमा जुट्नुपर्ने भएको छ ।” फरक प्रसङ्गमा उनले आउँदो निर्वाचनअघि माओवादीलगायत कुनै पनि पार्टीसँग एकता नहुने बताए।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप