प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरु दल तयार भए एमाले बाधक बन्दैन - ओली

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरु दल तयार भए एमाले बाधक बन्दैन - ओली


  • 9.5K
    SHARES
    • मंसिर २१, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरु दल तयार भए एमाले बाधक बन्दैन - ओली
    काठमाडौं, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् ।

    आफ्नै निवास बालकोटमा कानुन व्यवसायीसँगको छलफलमा अध्यक्ष ओलीले अदालतमा मुद्दा परिरहँदा आफ्नो कार्यकाल ५६ हजारले हस्ताक्षर गरेको सुनाए ।  

    images

    'म प्रधानमन्त्री हुँदा ५६ हजारले सिग्नेचर गरे । एउटा प्रधानमन्त्रीले अदालतमा वादी-प्रतिवादी मुद्दामा ५६ हजार सिग्नेचर गर्नुपर्‍यो । यो समयको बर्बादी होइन ? कसैलाई लाग्छ मुद्दा हालिदिने ?' उनले कानुन व्यवसायीलाई प्रश्न गरे ।

    सुर्खेतमा खरदारले बदमासी गर्दा नेपाल सरकारविरुद्ध मुद्दा पर्ने यसमा पनि प्रधानमन्त्रीले सिग्नेचर गर्नुपर्ने अवस्था रहेको भन्दै ओलीले यो प्रक्रियागत कुरा पनि सच्याउनुपर्ने बताए ।  

    'न मैले कुनै लेनदेन गरेको छु न कसैलाई बनाएको छु । मैले पनि सक्थे होला नि । कानुनले बनाउन पाउनेमात्रै बनाएको कुरालाई पनि लगेर अदालतले रोकिदिने ?' उनले आक्रोश पोखे ।

    उनले न्यायालय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरी सुधार्दै लानुपर्नेमा जोड दिए ।

    उनले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरू दल तयार भए एमाले बाधक नबन्ने स्पष्ट पारे ।

  • सम्बन्धित विषय:

  • # चाेलेन्द्र शमशेर जबरा

  • तेस्रो आँखा