लिउ जियानचाओसँग बीआरआई बाट नेपालले लाभ लिने विषयमा कुराकानी  भयो -गगन थापा   

लिउ जियानचाओसँग बीआरआई बाट नेपालले लाभ लिने विषयमा कुराकानी  भयो -गगन थापा   


  • 5.0K
    SHARES
    • आषाढ २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    लिउ जियानचाओसँग बीआरआई बाट नेपालले लाभ लिने विषयमा कुराकानी  भयो -गगन थापा   

    काठमाडाैं,२८ असार ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचा ओसँगको भेटमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट नेपालले लाभ लिने विषयमा कुराकानी भएको बताएका छन् ।

    images

    आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ नेताले प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । उक्त भेटबारे विभिन्न अनुमानहरु बाहिरिएको भन्दै थापाले भेटमा भएको कुराकानीबारे ७ बुँदा सार्वजनिक गरेका छन् ।

    जसमध्ये पाँचौं बुँदामा थापाले भनेका छन्, ‘कांग्रेस चीनबाट भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख्छ । यस सन्दर्भमा चीन सरकारले बीआरआई परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्दछ ।’ चीन सरकारसँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नुहुन्न भन्नेमा नेपाली कांग्रेस प्रस्ट रहेको थापाले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप