मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित

मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित


  • 5.2K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित

    क्वालालम्पुर, २९ असार। मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।  यसैसँगै  कोरोना शुरुभएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या  ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । 

    images

    त्यहाँ तीन जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको हो भने, तीन हजार ३४२ जना स्थानीय व्यक्ति नै रहेका मन्त्रालयले जारी गरेको तथ्यांकले जनाएको छ । 

    मङ्गलबाार कोरोना सङ्क्रमणको कारण तीन जनाको मृत्युभएको छ । कोरोना सङ्क्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८१९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । 

     मन्त्रालयका अनुसार गएको २४ घण्टामा  दुई हजार ३८४ जना कोरोना मुक्त भएका छन् । कोरोना महामरी शुरु भएयता हालसम्म ४५ लाख  २९ हजार २०१ जनालाई कोरोना सङ्क्रमण निको भएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप