• ट्रेण्डिङ्ग :
पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति अर्थ मन्त्रालय जाँदै

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति अर्थ मन्त्रालय जाँदै


  • 7.2K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    पूर्वअर्थमन्त्री शर्मामाथि  छानबिन गर्न संसदीय समिति अर्थ मन्त्रालय जाँदै

    काठमाडाैं,२९ असार । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियाको प्रयोग गरेको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न बनेको संसदीय समिति बुधबार अर्थ मन्त्रालय जाँदै छ । ११ सदस्यीय समितिले मंगलबारदेखि आफ्नो कामकारबाही सुरु गरेको हो ।

    images

    बुधबार भने उक्त विषयमा सत्यतथ्य जानकारी लिन समितिका सदस्यहरू अर्थ मन्त्रालयमा जाने भएको समितिका एक सदस्यले जानकारी दिए । जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियाको प्रयोग गरेको भन्दै संसदमा पनि चर्को विरोध भएपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

    शर्माले राजीनामा दिएपछि त्यसबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन भएको थियो। छानबिन समितिमा प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट चार जना सहभागी छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप