• ट्रेण्डिङ्ग :
काेराेना अपडेट : पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुग्याे

काेराेना अपडेट : पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुग्याे


  • 4.8K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    काेराेना अपडेट : पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुग्याे

    काठमाडौं, २९ असार । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ९८४ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइसोलेसन र १२ जना आईसीयूमा छन् ।

    यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ५०७ पुगेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप