च्याम्पियन्स लिग : समूह विजेता बन्दै रियल म्याड्रिड नकआउट चरणमा

च्याम्पियन्स लिग : समूह विजेता बन्दै रियल म्याड्रिड नकआउट चरणमा


  • 7.0K
    SHARES
    • मंसिर २२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    च्याम्पियन्स लिग : समूह विजेता बन्दै रियल म्याड्रिड नकआउट चरणमा

    काठमाडौं २२ मंसिर । स्पेनिस क्लब रियल म्याड्रिड समूह विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

    images

    गएराति भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड समूह विजेता बनेको हो । यद्यपी, इन्टर पनि समूह ‘डि’ उपविजेता बन्दै नकआउट चरणमा प्रवेशमा गरेको छ ।

    घरेलु मैदानमा रियललाई जित दिलाउनको लागि टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरे । खेलको १७औं मिनेटमा मिडफिल्डर टोनी क्रुसको गोलबाट रियलले अग्रता लिएको थियो । ७९औं मिनेटमा एसेन्सियोले गोल गर्दै घरेलु टोली रियललाई जित दिलाए ।

    यो जितसँगै समुह ‘डी’ मा रियलले ६ खेलबाट १५ अंक जोड्यो । पराजित इन्टर १० अंक जोडेर दोस्रो स्थानमा रह्यो । सेरिफ ७ अंक जोडेर तेस्रो स्थानमा रहँदा साख्तर डोनेस्क २ अंकसहित पुछारमा रह्यो ।

  • सम्बन्धित विषय:

  • # खेल

  • तेस्रो आँखा