• ट्रेण्डिङ्ग :
आन्तरिक राजस्व कार्यालय तनहुँबाट लक्षभन्दा बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय तनहुँबाट लक्षभन्दा बढी राजस्व सङ्कलन


  • 8.9K
    SHARES
    • श्रावण ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    आन्तरिक राजस्व कार्यालय तनहुँबाट  लक्षभन्दा बढी राजस्व सङ्कलन

    तनहुँ,३ साउन । तनहुँ आन्तरिक राजस्व कार्यालयले लक्षभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २७८/७९ मा लक्षभन्दा बढी (१०१ दशमलव ६५ प्रतिशत) राजस्व सङ्कलन गरेको हो । उक्त आर्थिक वर्षमा लक्षभन्दा रु १५ करोड पाँच लाख ७६ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत डा.नारायण ढकालले जानकारी दिए ।

    images

    कार्यालयले यो अवधिमा रु नौ अर्ब २४ करोड ९२ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । यो वर्ष रु नौ अर्ब नौ करोड ८६ लाख २८ हजार राजस्व सङ्कलन गर्ने लक्ष थियो ।  गत आर्थिक वर्ष २७७/७८ मा कार्यालयले रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा रु आठ अर्ब ५६ करोड ६८ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष थियो । गत वर्ष लक्षभन्दा केही कम राजस्व सङ्कलन भए पनि यो वर्ष लक्षभन्दा बढी राजस्व सङ्कलन भएको ढकालले बताए ।
     
    कार्यालयले यस अवधिमा आयकरतर्फ रु ६५ करोड ४७ लाख १५ हजार, घरबहाल करतर्फ रु एक करोड ८६ लाख ८१ हजार, ब्याजतर्फ रु चार करोड ६७ लाख ८७ हजार, मूल्य अभिवृद्धितर्फ रु ४५ करोड ७५ लाख ५९ हजार राजस्व सङ्कलन भएको छ । अन्तशुल्कतर्फ रु छ अर्ब १७ करोड ५ लाख २१ हजार, स्वास्थ्यतर्फ रु एक अर्ब ९० करोड नौ लाख ३७ हजार र शिक्षातर्फ रु पाँच हजार राजस्व सङ्कलन भएको छ ।

    आयकरतर्फ रु ७१ करोड ६१ लाख ४१ हजार, घरबहाल करतर्फ रु ५६ करोड ६८ लाख चार हजार, ब्याजतर्फ रु एक अर्ब आठ करोड १३ लाख नौ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ६१ करोड ६१ लाख १२ हजार, अन्तशुल्कतर्फ रु छ अर्ब ४४ करोड दुई लाख ११ हजार, स्वास्थ्यतर्फ रु एक अर्ब १५ करोड ७९ लाख १७ हजार र शिक्षातर्फ ३४ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप