• ट्रेण्डिङ्ग :
समीट लघुवित्तले माग्याे ८० जना कर्मचारी

समीट लघुवित्तले माग्याे ८० जना कर्मचारी


  • 4.7K
    SHARES
    • श्रावण ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    समीट लघुवित्तले माग्याे ८० जना कर्मचारी

    काठमाडौं, ५ साउन । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडमा ८० जना कर्मचारी माग गरेको छ । बरिष्ठ सहायकमा १५ जना, सहायकमा १५ जना र प्रशिक्षार्थी सहायकमा ५० जना गरेर ८० जना माग गरेको समीट लघुवित्तले जनाएको छ ।

    images

    बरिष्ठ सहायक र सहायकोे लागि १२ कक्षा उतिर्ण गरेको, बैंक तथा वित्तीय संस्थामा काम गरेको, कम्पुटर सम्बन्धी ज्ञान भएको र मोटरसाईकल चलउन जान्ने योग्यता आवश्यक पर्ने छ ।

    त्यस्तै, प्रशिक्षार्थी सहायकको लागि एसएल्सी पास गरेको वा शोसरह उतिर्ण गरि २ प्लस जिपिए ल्याएको र कम्पुटर सम्बन्धी ज्ञान भएको, दुई पांग्रे सवारी चलाउन जान्ने योग्यता रहेको छ ।

    उक्त पदमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ तर महिलाको हकमा भने ४० वर्ष ननाघेको हुनुपर्ने संस्थाको भनाई छ ।

    छनोट प्रकृया लिखित परिक्षा, अन्तरर्वार्ता र आवश्यता अनुसार फिल्ड अवधारण रहने संस्थाले जानकारी दिएको छ ।

    आवेदन साउन १९ गते भित्र सस्थाको केन्द्रिय कार्यालयमा पुग्ने गरि आवेदन दिनुपर्ने छ । आवेदन संस्थाको आधिकारीक अनलाईन साईटमा गएर पनि भर्न सकिन्छ ।
    संस्थाको प्रधान कार्यालय गोरखाको खोरखा नगरपालिका १३ मा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कर्मचारी

  • तेस्रो आँखा