• ट्रेण्डिङ्ग :
स्वास्थ्यकर्मी नहुँदा कार्तिकेले बाटोमै जन्माइन् सन्तान

स्वास्थ्यकर्मी नहुँदा कार्तिकेले बाटोमै जन्माइन् सन्तान


  • 5.1K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    स्वास्थ्यकर्मी नहुँदा कार्तिकेले बाटोमै जन्माइन् सन्तान

    बाजुरा, ५ साउन । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एक फयालगाउँमा स्वास्थ्यकर्मी नभए पछि एक जना महिलाले बाटोमै बच्चा जन्माउनु परेको छ ।

    images

    फयालगाउँ स्थित सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुदा वडा नं एक मुक्तिकोटकी कार्तिके वि.कले बाटोमै सन्तान जन्माउनुपरेको छ ।

    गाउँपालिकाबाट यस अघि नियुक्त भएका करार कर्मचारीको चालु आर्थिक बर्षका लागि करार म्याद थप नगरी कार्यालयमा नगएको र त्यहाँ कार्यरत सिनियर अहेव विर्ज वि.क गोष्ठीमा गाउँपालिका गएका बेला प्रसुती हुन पुगेकी वि.क फर्किदै गर्दा बाटोमै बच्चा जन्माउन पुगेकी हुन् ।

    कार्तिके वि.क र बच्चाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।
     

  • सम्बन्धित विषय:

  • # सन्तान

  • तेस्रो आँखा