• ट्रेण्डिङ्ग :
दैनिक काेराेराेना संक्रमण बढ्दै
एकदिनमा थपिए विश्वमा ८ लाख बढी कोरोना संक्रमित, १५ सय बढीको मृत्यु 

एकदिनमा थपिए विश्वमा ८ लाख बढी कोरोना संक्रमित, १५ सय बढीको मृत्यु 


  • 7.4K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    एकदिनमा थपिए विश्वमा  ८ लाख बढी कोरोना संक्रमित, १५ सय बढीको मृत्यु 
    काठमाडौं, ६ साउन । पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना भाइरसका ८ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही समयमा कोरोनाका कारण १ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । 

    वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको चौबिस घण्टामा विश्वमा ८ लाख १८ हजार ४६४ जना कोरोना संक्रमित थिएका छन् । सो अवधिमा सबैभन्दा बढी जापानमा १ लाख ३५ हजार २३९ जना संक्रमित थपिएका छन् । 

    images

    यस्तै, अमेरिकामा १ लाख ७११, भारतमा १७ हजार ५०, ब्राजिलमा ५१ हजार ९८८, फ्रान्समा ८० हजार ८६९, इटालीमा ८० हजार ६५३, दक्षिण कोरियामा ७१ हजार १०९, अष्ट्रेलियामा ५४ हजार ९८९ र मेक्सिकोमा ३४ हजार ६६१ जना संक्रमित थपिएका छन् । 

    बितेको चौबिस घण्टामा विश्वमा कोरोना कारण १ हजार ५४५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा २५१, ब्राजिलमा २७१, फ्रान्समा १३३, इटालीमा १५७, मेक्सिकोमा १०७, रुसमा ४२, दक्षिण कोरियामा १७, जापानमा ५४ र  अष्ट्रेलियामा ८९ जना रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा