२४ घण्टामा थप ३४७ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

२४ घण्टामा थप ३४७ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु


  • 5.0K
    SHARES
    • श्रावण ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    २४ घण्टामा थप ३४७ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

    काठमाडौं, ८ साउन । पछिल्लो २४ घण्टामा नेपालभर थप तीन सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार आठ सय ८८ जनाको नमुना परीक्षण गर्दा तीन सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दुई हजार तीन सय ६० जनाको पिसिआर परीक्षण गर्दा तीन सय तीन जनामा र एक हजार पाँच सय २८ जनाको एन्टीजेन परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु भएको छ भने ९५ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार एक सय ७७ रहेको छ । 

    8.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप