• ट्रेण्डिङ्ग :
मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्यो 

मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्यो 


  • 6.5K
    SHARES
    • श्रावण ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्यो 

    काठमाडौं, ९ साउन । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

    images

    कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    १२ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

    यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ । 

  • सम्बन्धित विषय:

  • # आईपीओ खुल्यो

  • तेस्रो आँखा