राजेश हमालले अस्वीकार गरेको बाबुको भूमिकाको अफरलाई विपिन कार्कीले विना सर्त स्विकारे

राजेश हमालले अस्वीकार गरेको बाबुको भूमिकाको अफरलाई विपिन कार्कीले विना सर्त स्विकारे


  • 8.9K
    SHARES
    • श्रावण ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    राजेश हमालले अस्वीकार गरेको बाबुको भूमिकाको अफरलाई विपिन कार्कीले विना सर्त स्विकारे

    काठमाडौं, ९ साउन। महानायक राजेश हमाल उमेरले ५८ वर्षमा दौडिरहेका छन् । तर पनि अहिले आएर यो उमेरमा आएर बाबुको भूमिकामा देखिन अस्किार गरेका छन् ।

    images

    ५० लाख रुपैयाँ पारिश्रमिकको अफर गर्दा पनि राजेशले फिल्म ‘छड्के २’मा बाबुको भूमिकामा अभिनय गर्न अस्विकार गरेका हुन् । राजेश अस्किार गरेको उक्त भूमिकामा पनि लोकप्रिय अभिनेता विपिन कार्कीले भने बिनासर्त अभिनय गर्न तयार भएका छन् । विपिन अहिले ३९ वर्षीय वर्षका भए ।

    रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फूलबारी’मा विपिनले बाबुको रोल गर्न तयार भएको निर्माण यूनिटले जनाउको छ । बाबुको भूमिकामा अभिनय गर्न तयार भएका ३९ वर्षिय अभिनेताले यो आफ्नो करियरकै सबैभन्दा चुनौतीले भरिएको क्षण भएको उल्लेख गरेका छन् । फूलबारीमा मुख्य भूमिकामा दयाहाङ राई र विपिन कार्की मात्र फाइनल भएको र अन्य कलाकारहरुको खोजी भइरहेको निर्देशक गुरुगंले जानकारी दिए ।

    सन्तान र अभिभावकबीचको सम्बन्धको कथा पेश गर्ने फिल्ममा विपिनले अवकाशप्राप्त स्कुलका प्रिन्सिपलको भूमिका गर्न लागेका हुन् । विपिनले यो चरित्रमा देखिन आफू मनोवैज्ञानिक रुपमै तयार भइसकेको प्रतिक्रिया दिएका छन् । उता महानायक हमालले भने बाबुको भूमिका निर्वाह गर्न ‘छड्के २’ मात्र नभएर यसअघिका केही फिल्मबाट आएको अफरलाई पनि अस्किार गर्दै आइरहेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप