सरकारी अस्पताल: ‘उपचार हुनु त परको कुरा, टिकट पाउँदा लडाइँ जितेको महसुस हुन्छ’(तस्बिरहरू)

सरकारी अस्पताल: ‘उपचार हुनु त परको कुरा, टिकट पाउँदा लडाइँ जितेको महसुस हुन्छ’(तस्बिरहरू)


  • 8.9K
    SHARES
    • श्रावण ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    सरकारी अस्पताल: ‘उपचार हुनु त परको कुरा, टिकट पाउँदा लडाइँ जितेको महसुस हुन्छ’(तस्बिरहरू)

    काठमाडौं, ९ साउन। नेपालका सरकारी अस्पतालमा सेवा प्राप्त गरेपछि एउटा लडाइँ लडेर जितेको जस्तै अनुभुति हुने गर्दछ । अस्तव्यस्त अस्पतालको अवस्था र भिडभाडका कारणले कतिपय अवस्थामा उपचारको लागि अस्पताल पुग्नुभन्दा रोग पालेर घरमै बस्न बाध्य बनाउने नेपालको अस्पतालहरुको अवस्था छ । अस्पतालकाे भिडभाडले सामान्य रोग देखि दिर्घ र गम्भिर प्रकृतिका रोगको उपचार गरेर रोग निको हुनुको त परको कुरा हो भर्नाको लागि टिकट पाउनु नै ठूलो सफलता जस्तो लाग्ने गर्दछ । 

    images

    महाराजगञ्जमा रहेको त्रिभुवन शिक्षण अस्पतालमा बिहान र दिउँसो गरेर ओपिडि सेवाको लागि दुई समय टिकट वितरण हुने गर्दछ । बिहान होस् या दिउँसो दुई घण्टा टिकटको लागि संघर्ष नगरेको खण्डमा त्यहाँ टिकट प्राप्त गर्न सकिँदैन । एक जना चिकित्सककोमा परामर्शको लागि पुग्नको लागि घण्टौँ समय बेथित गर्नुपर्ने अवस्था त्यहाँ रहेको छ । स्वास्थ्य उपचार सेवालाई सहज बनाउनको लागि टोकन सुविधाको व्यवस्था पनि गरिएको छ । तर करिब डेढ देखि दुई घण्टा अगाडिदेखि टोकन लिएर टिकट लिन लाइनमा नबसेको खण्डमा उपचार नगरी घर फर्किनुपर्ने बाध्यता हुन्छ । 

    295373330_3071515436492084_5758785354226361326_n.jpg

    शिक्षण अस्पतालले एक प्रकृतिको रोगको लागि बिहान् एक सय जना र दिउँसो एक सय जनालाई ओपिडि सेवा प्रदान गर्ने गर्दछ । कतिपय दिनहरुमा कुनै एउटा प्रकृतिका रोगका मानिसहरु साे संख्या भन्दा बढी पुगेकाे खण्डमा अर्को दिन कुर्नुपर्दछ । टिकट प्राप्त गरेपछि उपचार तथा परामर्श कक्ष अगाडि पनि घण्टौँ लाइनमा बसेपछि मात्र पालो आउँछ । कुनै एक बिरामीलाई एक पटक परीक्षण गराउनको लागि एक दिनको समय पनि कम हुने गर्दछ । 

    हुनतः महाराजगञ्जमा रहेको त्रिभुवन शिक्षण अस्पतालमा मात्र नभएर देशभरका सरकारी अस्पतालको अवस्था यस्तै प्रकृतिको छ । सरकारले वर्षेनी करोडौँ बजेट स्वास्थ्य क्षेत्र सुधारको लागि छुट्याउने गरेको भएपनि स्वास्थ्य उपचार सहज बन्न सकेको छैन । आधारभुत आवश्यक्ताको रुपमा रहेको स्वास्थ्य उपचार सहज हुन नसक्दा सामान्य स्वास्थ्य उपचारको लागि पनि आम नागरिकले धेरै संघर्ष गर्नुपर्ने अवस्था रहेको छ । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गर्न टिकटको लागि भौतारीरहेका नागरिहरुको केहि प्रतिनिधिमुलक तस्बिरहरुः

    295122617_622156335995984_8812883898857159650_n (1).jpg

    293527485_2116364265213366_1576500013053874779_n.jpg

    295178380_1969574796763648_2882427385041086945_n.jpg

    295750927_821109685962331_42629985679580118_n.jpg

    295175789_1436971663446316_3341759968700595917_n.jpg

    294891345_1238066143714623_5133172089126761108_n.jpg

    295299708_595493328837348_1154206795829848030_n.jpg

    295122617_622156335995984_8812883898857159650_n.jpg

    295214254_754084232601050_1237935188245171741_n.jpg

    295662432_403913958472598_5096188072687460449_n.jpg

    294806291_435072065016833_1575820572782214684_n.jpg

    294073842_523964366172075_6986832418976012890_n.jpg

    294806291_435072065016833_1575820572782214684_n.jpg

    294891345_1238066143714623_5133172089126761108_n (1).jpg

    294891345_1238066143714623_5133172089126761108_n (1).jpg

  • सम्बन्धित विषय:

  • # सरकारी अस्पताल

  • पदम भुजेल
    लेखकबाट थप