२४ घण्टामा थप ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

२४ घण्टामा थप ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


  • 7.6K
    SHARES
    • श्रावण ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    २४ घण्टामा थप ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    काठमाडौं, ९ साउन। पछिल्लो २४  घण्टामा नेपालभर थप पाँच सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा चार हजार आठ सय जनाको नमुना परीक्षण गर्दा पाँच सय ६८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    तीन हजार ८४ जनाको पिसिआर परीक्षण गर्दा चार सय ५३ जनामा र एक हजार सात सय १६ जनाको एन्टीजेन परीक्षणका क्रममा एक सय १५ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने ९५ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ३४ पुगेको छ । 

    9.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप